‘दाउद इब्राहिमले ताज होटलमा बम राखेको छ’ भन्ने फोनले मुम्बई प्रहरीमा हलचल
भारत : ‘दाउद इब्राहिमले ताज होटलमा बम राखेको छ ।’ आइतबार बिहान सबेरै मुम्बई प्रहरीमा आएको एउटा फोन कलले प्रहरी संयन्त्रलाई उच्च सतर्कतामा पुर्यायो । फोन आए लगत्तै सुरक्षा निकाय सक्रिय भए र मुम्बईको चर्चित ताज होटलमा खोजी अभियान चलाइयो । धेरै चरणको जाँचपछि पनि प्रहरीले होटलमा कुनै विस्फोटक पदार्थ वा कुनै अप्रिय घटनाको संकेत फेला पारेन । त्यसपछि प्रहरीले उक्त फोन कललाई झुटो सूचना (फेक कल) भएको घोषणा गर्यो ।
