SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

स्विट्जरल्यान्डलाई हराएपछि प्रशिक्षक स्कालोनीको प्रतिक्रिया: ‘आज भाग्यले हाम्रो साथ दियो’

काठमाडौँ । स्विट्जरल्यान्डविरुद्धको कठिन जितसँगै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतिस्पर्धापछि प्राप्त सफलताले उत्साहित अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले टोलीको प्रदर्शनसँगै भाग्यले पनि साथ दिएको बताएका छन् । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्कालोनीले स्विट्जरल्यान्डलाई बलियो र चुनौतीपूर्ण प्रतिद्वन्द्वीको संज्ञा दिए । उनका अनुसार अर्जेन्टिनाले जितका लागि अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो ।