SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०१:१६ AM · 1 मिनेट पढाइ

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका–४ विसौनाकी देवी घर्तीलाई सुत्केरी व्यथाले च्याप्यो । मुसलधारे पानी परेको थियो । गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराएकी देवीलाई स्वास्थ्यकर्मीले ‘गाह्रो भए पालिकामा एम्बुलेन्स छ, तुरुन्त सम्पर्क गर्नू’ भनेका थिए । देवीका परिवारले त्यो दिन त्यसै गरे । पालिकाले तत्काल एम्बुलेन्सको व्यवस्था गर्यो ।