SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु, झ्याप–झ्याप बत्ती जान बन्द हुने

काठमाडौं । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिबार दिउँसो ३ बजेदेखि विद्युत प्रवाह सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मार्कीचोक भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै गएर पहल गरेका थिए ।