SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई ‘नन्दप्रसाद-जानुका स्मृति सम्मान’ प्रदान गरिने

काठमाडौं : यस वर्षको ‘नन्दप्रसाद-जानुका स्मृति सम्मान २०८३’ बाट शिक्षासेवी एवं इन्जिनियर आत्माकृष्ण श्रेष्ठ सम्मानित हुने भएका छन्। नन्दप्रसाद-जानुका फाउन्डेसनले दोलखाको शैक्षिक तथा समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो।