सिङ्गापुरलाई १५१ रनले पराजित गर्दै नेपालको शानदार जित
काठमाडौं : एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई १५१ रनले पराजित गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले बिना कुनै विकेटको क्षति १९९ रन बनाएको थियो।नेपालले दिएको २०० रनको विशाल लक्ष्य पछाएको सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो।सिङ्गापुरको लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रन बनाइन्। उनीबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि बलिङतर्फ अनुकडायतले सर्वाधिक ३ विकेट लिइन्।
