अमेरिकाले फेरि आक्रमण थालेपछि इरानले बन्द गर्यो होर्मुज
इरान : इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेको एउटा जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण थालेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अर्को सूचना नआएसम्म उक्त महत्वपूर्ण जलमार्ग बन्द गरिएको घोषणा गरेको छ ।इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले अमेरिकाको ‘आक्रामकता’ को कडा जवाफ दिने चेतावनी समेत दिएको छ । अमेरिकी आक्रमण भएको केही घण्टामै आईआरजीसीले जोर्डनस्थित अमेरिकी सैन्य आधारमा हमला गरेको दाबी गरेको छ ।
