मौद्रिक नीतिले पनि बढाउन सकेन लगानीकर्ताको मनोबल
काठमाडौं : मौद्रिक नीतिको पर्खाइमा रहेका सेयर लगानीकर्ता निराश भएका छन्। नेपाल राष्ट्र बैंकले बजेटलाई सहयोग पुग्ने खालको मौद्रिक नीति भनेर ल्याए पनि लगानीकर्ताको मनोबल भने बढाउन सकेन। उनीहरू झनै हत्तोसाही भएको सेयर बजारको कारोबारले देखाएको छ। बजेट घोषणादेखि घट्न थालेको सेयर बजार असारको चौथो साताको मौद्रिक नीतिपछि झनै ओेरालो लागेको छ। यस साता ५ दिन सेयर कारोबार भएकोमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) १ दिन बढ्यो भने ४ दिन घट्यो। अघिल्लो साता भने सेयर बजार २ दिन बढेर ३ दिन घटेको थियो।
