SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

अफगानिस्तानमा सिमेन्ट कारखाना निर्माण सुरुः ५ हजारलाई रोजगारीको अवसर

एजेन्सी । युद्धग्रस्त अफगानिस्तानमा जारी पुनर्निर्माणका प्रयासहरूले स्थानीय नागरिकका लागि रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न थालेका छन् । लामो समयदेखिको द्वन्द्व, आर्थिक प्रतिबन्ध, बेरोजगारी र गरिबीको चपेटामा परेको अफगानिस्तानले पछिल्लो समय आर्थिक चुनौतीहरूको सामना गर्न ठूला परियोजनाहरूलाई अगाडि बढाएको छ ।