साना र सावित्रीको उत्कृष्ट साझेदारीले नेपालले सिङ्गापुरलाई दियो २०० रनको विजय लक्ष्य
काठमाडौं : एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई २०० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले बिना कुनै विकेटको क्षति १९९ रन बनाएको हो। नेपालका ओपनरद्वय साना प्रविण र सावित्री धामीले पहिलो विकेटका लागि १९९ रनको साझेदारी बनाएर खेले। नेपालका लागि साना प्रविणले ७० बलमा १३ चौकासहित ९८ रनमा अविजित रहिन्।अर्की ओपनर सावित्री धामीले ५३ बलमा समान १३ चौकासहित ७८ रन बनाउँदै अविजित रहिन्।
