SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०२:०२ AM · 1 मिनेट पढाइ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई रु ९२ लाख मूल्यबराबरको कृषि सामग्री अनुदानमा वितरण गरेको छ । कृषि क्षेत्रको प्रवर्द्धन गर्दै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि सामग्री वितरण गरिएको कृषि विकास शाखाका देवचुलीका प्रमुख गगन भट्टराई बताए ।