SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

आइतबार र सोमबार देशका यी स्थानमा हुनेछ अति भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं : आइतबार र सोमबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग विभागले आज उक्त जानकारी दिएको हो। विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको छ। आइतबार र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा  तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।