SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

प्रदेशसभाबाटै बजेट पास गर्छौं : अर्थमन्त्री भट्टराई

जनकपुरधाम : मधेश प्रदेसशभा निरन्तर अवरोधका कारण मधेश सरकारको बजेट छलफलमा प्रवेश गर्न सकेको छैन। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राप्रपा नेपालको निरन्तर अवरोधले बजेट सत्रमा प्रवेश नपाउँदा छलफल हुन नसकेको हो। तर असार मसान्तसम्म बजेट पास गर्नै पर्ने बाध्यकारी नियमले बजेट छलफलका लागि प्रदेशसभा बैठक बोलाइएको छ।मधेश सरकारका अर्थमन्त्री युवराज भट्टराई (समिर) प्रतिपक्षी दलहरूसँग निरन्तर छलफलमा रहेको बताएका छन्। उनले भने, ‘विपक्षी दललाई धेरै पटक सहमतिमा ल्याउने प्रयास गरियो तर भएन।