SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं : बझाङको केदारस्यु गाउँपालिका-७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रको भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।दुर्घटनामा दुर्गाथली गाउँपालिका-६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका-७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका-६ की कुटुरीदेवी महतको मृत्यु भएको छ।