SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

चीनमा हिमनदीको जलस्तर बढेको भन्दै भोटेकोशी आसपासमा सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोक : चीनको माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढिरहेको भन्दै नेपालतर्फको भोटेकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चीनको जाङ्मु पोर्ट प्रशासनले नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पठाएको सन्देशमा निरन्तर वर्षाका कारण माथिल्लो क्षेत्रमा रहेको चीनतर्फको बोकु हिमनदीको जलस्तर बढिरहेको उल्लेख गर्दै भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको छ।