राधास्वामी होल्डिङ सेन्टरमा जेनजी अभियन्ता माथि कूटपिट, माजिद अन्सारी घाइते
काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर सुकुम्वासीहरुको अवस्था बुझ्न पुगेका जेनजी अभियान्ताहरु माजिद अन्सारी लगायतमाथि प्रहरीले कूटपिट तथा धरपकड गरेको छ । अभियान्ताहरु अन्सारीसहित मोनिका निरौला, रिया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कूटपिट तथा धरपकड गरेको हो । प्रहरीको कूटपिट तथा धरपकडबाट माजिद अन्सारी घाइते भएका छन् ।
