SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

सम्झौतामा उल्लिखित समयअगावै निर्माण भएका दुई मोटरेबल पुलको उद्घाटन

गोरखा : कैयौं योजना अलपत्र भइरहेको, म्याद थप्दा थप्दै ‘क्रोनिक’ भइसकेको अवस्थामा गोरखाका दुईवटा मोटरेबल पुल ठेक्का सम्झौतामा उल्लेख भएको समयभन्दा अगावै निर्माण सम्पन्न भएका छन्। दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएका लुदीखोला पुल र चुक्ती खोलापुल एक वर्ष नबित्दै निर्माण सम्पन्न भएका हुन्। पूर्वाधार विकास कार्यालय गोरखाले निर्माण गरेका दुवै पुलको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन्।