बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् । दुर्घटना आज बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको हो । जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ । अहिले घाइतको उद्धारका लागि हेलिकप्टर गएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
