सरकार निरंकुश बन्दै गएको आरोप, यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी
काठमाडौं । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेलले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । शनिबार काठमाडौंमा सातौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति सम्मान तथा व्यवसायी मजदुर सचेतना कार्यक्रममा बोल्दै उनले जनताले ठुलो आशा र भरोसाका साथ दुई–तिहाइको जनमत दिएपनि सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गरेका हुन् ।
