शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको मृत्यु
काठमाडौं : काठमाडौं बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका व्यसायी आश्विन राउतको मृत्यु भएको छ । आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचाररत उनको शनिबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिएका छन् ।शनिबार बिहान काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। आत्मदाह प्रयास गरेका राउतलाई प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याएको थियो ।
