SHARE
मकालु खबर · शनिबार २७ असार २०८३ ११:२० AM · 1 मिनेट पढाइ

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

काठमाडौं । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएका दुई वटा कार्ययोजना अनुमोदन गरेको छ । मुख्यमन्त्री एवं परिषद्का अध्यक्ष कमलबहादुर शाहको अध्यक्षतामा आज धनगढीमा बसेको बैठकले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना-२०७७ (पाँचौँ संशोधन-२०८३)’ र ‘बहु प्रकोप पूर्व सूचना रणनीतिक कार्ययोजना (२०२५-२०३०)’ लाई अनुमोदन गरेको ।