बुद्धनगरमा आत्मदाहको प्रयास गरेका व्यवसायी राउतको निधन
काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका व्यवसायी आश्विन राउतको निधन भएको छ । आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका ४५ वर्षीय राउतको वीर अस्पतालमा निधन भएको हो । आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । सघन कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
