SHARE
मकालु खबर · शनिबार २७ असार २०८३ १०:२० AM · 1 मिनेट पढाइ

‘नेपालमा आत्मदाहको श्रृङ्खलाः व्यक्तिगत दुःखान्त कि प्रणालीगत सङ्कट ?’

काठमाडौं । नेपालको आधुनिक इतिहासमै पछिल्लो समय घटेका केही परिघटनाहरूले सिङ्गो समाजलाई स्तब्ध र विचलित बनाएका छन् । त्रिपुरेश्वर, सर्लाही र बुद्धनगरमा लगातार रूपमा घटेका आत्मदाहका घटनाहरू केवल व्यक्तिगत दुःखान्त मात्र होइनन्, यसले हाम्रो सामाजिक संरचना, आर्थिक प्रणाली र राज्यको शासकीय प्रबन्धभित्र सल्किरहेको गम्भीर सङ्कटलाई उजागर गरेका छन् ।