SHARE
मकालु खबर · शनिबार २७ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको सङ्क्रमण तीव्र भएको छ । कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या ६४८ जना पुगेको छ भने  एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो तथ्याङ्कमा विगत २४ घण्टामा दर्ता भएका सङ्क्रमण र मृत्युहरूसमेत समावेश  भएको अधिकारीहरूले बताएका छन् ।