SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

कतारलाई फराकिलो अन्तरले हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं : एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि १०५ रनको फराकिलो जित दर्ता गरेको छ । मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० बनाएको थियो ।नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछाएको कतार १२ ओभरमा २५ रन बनाउँदै अलाउट भयो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कतारको लागि सरगम पटेलले सर्वाधिक ४ रन बनाइन् । नेपालका लागि बलिङतर्फ रचना चौधरी र रिया शर्माले ३÷३ विकेट लिए ।