SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

मालारानीमा कोल्ड स्टोर सञ्चालन, आलु र किवीले पायो राम्रो बजार

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकामा कोल्ड स्टोर सञ्चालनमा आएपछि  कृषकहरू खुशी भएका छन्।  उत्पादन गरेको कृषि उपज तत्कालै सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता हट्दै गएपछि किसानले आफ्नो उत्पादन सुरक्षित रूपमा भण्डारण गरी उपयुक्त समयमा बिक्री गर्न पाउने अवस्था बनेको छ। यसले उत्पादनपश्चात हुने क्षति घटाउनुका साथै कृषकको आम्दानी बढाउने आधार तयार गरेको छ।मालारानी गाउँपालिका–५, बाँगीमा रहेको कोल्ड स्टोरमा हाल आलु तथा अन्य कृषि उपजको भण्डारण भइरहेको छ।