SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं : साउन महिनामा लाखौँ भक्तजनलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ। पशुपति क्षेत्र विकास कोषले शनिबारदेखि अभियान सञ्चालन गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिइन्।उनका अनुसार साउन महिना र विशेषगरी सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको अत्यधिक भीड हुन्छ।अभियानको पहिलो दिन पशुपतिनाथ मूल मन्दिर परिसरदेखि सूर्यघाटसम्म सफाइ गरिएको छ।