इ–२० को बचाउमा भारत सरकार, दाउमा एक खर्ब बढीको लगानी
भारत : भारत सरकारले हालको कच्चा तेलको मूल्यका आधारमा शुद्ध पेट्रोलको तुलनामा इ–२० पेट्रोल उत्पादन महँगो पर्ने स्वीकार गरेको छ । साथै केही सवारीसाधनमा यसको प्रयोगले इन्धन दक्षता (माइलेज) ३–५ प्रतिशतसम्म घट्न सक्ने पनि जनाएको छ ।यद्यपि, पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका अनुसार सरकारी बैंकहरूले पछिल्ला केही वर्षमा इथानोल उत्पादन र त्यससँग सम्बन्धित पूर्वाधार निर्माणका लागि वार्षिक करिब एक खर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।
