कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा, आश्रय लिएका सुकुम्बासीको बिचल्ली (भिडियो)
काठमाडौं : गएरातीको अविरल वर्षासँगै बाढीले काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। होल्डिङ सेन्टरभित्र अचानक बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरूको बिचल्ली भएको हो।धेरैजसो घरायसी सामान र लत्ताकपडा बाढीले नष्ट पारेको छ। राति अचानक बाढी पस्दा सामान जोगाउने मौका समेत नपाएको र सुरक्षाकर्मी पनि राति २ बजेपछि मात्रै आइपुगेको पीडितहरूको गुनासो छ।
