SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

पृथ्वीको गर्भमा लुकेको पचाल छणा

हुम्ला जुम्ला कालीकोट दैलेख जाजरकोटसौंराइले बाडुली लाग्यो कैले होला भेट।बिसुपर्वपछि कर्णालीका पाँच जिल्लामा पनि महिनापिच्छे पैठहरू (जातहरू) सुरु हुन्छन्। सोहीअनुसार कालीकोट जिल्लाको पचाल छणोमा धार्मिक मेला लाग्ने गर्छ। पचाल छणो पहिलेको राम्नाकोट गाविस वडा नं. ७, ८ र ९ मा र हाल पचालझरना गाउँपालिका खार्दु गाउँमा पर्दछ।दक्षिण एसियाकै अग्लो यो झरनाको उचाइ ३८१ मिटर रहेको तथ्यांक छ। कर्णाली अञ्चलमा धेरै मन्दिर छन्, जसलाई स्थानीय भाषामा ‘माणु’ भनिन्छ। माणुका धामीहरू पनि प्रशस्तै छन्।