केन्नेडीको म्युजियममा दरबार हत्याकाण्डको झल्को
गत अक्टोबरमा अमेरिकाको टेक्सास राज्यको डालस पुग्ने अवसर मिल्यो। यात्रामा भाइ किशोर, बुहारीप्रति र पदम भाइ साथमा थिए। हामीले सहरका सडक, हरिया पार्क र आकाश छुने भवनहरू घुम्यौं। अघिल्लो दिन रि–युनियन टावरको गोलाकार अवलोकनस्थलबाट तल फैलिएको डालस नियालेका थियौं। माथिबाट हेर्दा सहर व्यस्तताले भरिएको देखिन्थ्यो; तर मेरो मन भने अर्कै तृष्णाले तानिएको थियो।
