अफ्रिकी राष्ट्रको चुनौती समाप्त
एजेन्सी/ न्युयोर्क : फिफा विश्वकप २०२६ अफ्रिकी फुटबलका लागि इतिहासकै सबैभन्दा सफल संस्करण बनेको छ। विश्वकपमा टोलीको विस्तारसँगै पहिलो पटक १० अफ्रिकी राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा नौ टोली नकआउट चरणमा पुग्न सफल भएका थिए।यो उपलब्धिले विश्व फुटबलमा अफ्रिकी राष्ट्रहरूको बढ्दो प्रतिस्पर्धात्मक क्षमता र सम्भावनालाई स्पष्ट रूपमा स्थापित गरेको छ। तर, बिहीबार राति भएको क्वार्टरफाइनलको खेलमा मोरक्को साबिक उपविजेता फ्रान्ससँग पराजित भएपछि अफ्रिकी राष्ट्रको दावेदारी पनि समाप्त भएको छ।
