चार हजार बालबालिकाका लागि एकीकृत भान्साघरको दिवाखाजा
धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको एकीकृत भान्साघरबाट करिब चार हजार विद्यार्थीले दैनिक गुणस्तरीय दिवा खाजा पाउने भएका छन् । साउन १ गतेदेखि वडा नम्बर १ देखि ८ सम्मका २१ सामुदायिक विद्यालयमा यो व्यवस्था लागू हुने भएको हो ।हालसम्म अधिकांश विद्यालयले आफ्नै तवरले दिवा खाजा तयार गर्दै आएका थिए ।
