SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना बचतकर्ताले पाए रकम

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पीडितले बचत फिर्ता पाएका हुन्। हालसम्म  शिव शिखर सहकारीका १२१३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने मन्त्रालयले जनाएको छ ।