परदेशमा भेटिएको आफ्नै देश
जहाजले हजारौं किलोमिटरको दूरी छोट्ट्याउन सक्छ, तर यात्राले भने यात्रीको दृष्टि अत्यन्तै दूरदृष्टि बनाइदिन्छ। किनकि यात्रा भनेको केवल कुनै देश हेर्नुमात्र होइन, आफूलाई नयाँ आँखाले हेर्न सिक्नु पनि रहेछ। अमेरिकाका विभिन्न राज्य घुम्दै गर्दा अग्ला गगनचुम्बी भवनहरू देखें, समुद्रका अनन्त किनार छोएँ। विश्वविख्यात विश्वविद्यालयका प्रांगणमा हिँडें, झरनाको गर्जन सुनें। आधुनिक प्रविधिको स्पन्दन महसुस गरें र अनुशासित जीवनशैलीलाई नजिकबाट नियालें। हरेक गन्तव्यले आआफ्ना कथा सुनाए।
