SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

बल्चाले बचाएको कृषि जीवनशैली

नेपाल कृषिप्रधान मुलुक थियो र यद्यापि कृषिप्रधान नै छ। अहिले पनि नेपालको राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान सर्वाधिक छ। नेपालका आधाभन्दा बढी जनसंख्याको मुख्य पेसाको रूपमा रहेको कृषि यहाँका किसानहरूको जीवनशैली र संस्कृति पनि हो। नेपालको कृषि जीवनशैली र संस्कृतिसँग धेरै कुरा जोडिएका छन्। तीमध्ये विशेषगरी काठमाडौं उपत्यकाका नेवार समुदायका किसानहरूको कृषि जीवनशैली र संस्कृतिसँग जोडिँदै आएको एउटा साधारण तर महत्वपूर्ण संरचना हो, बल्चा।