SHARE
मकालु खबर · शनिबार २७ असार २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

सिनामङ्गल-बानेश्वर क्षेत्रको वाग्मतीबाट दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६८७ औँ हप्तामा प्रवेश गरेको छ । काठमाडौं महानगरपालिका वडा न ९ र ३१ स्थित सिनामङ्गलबाट बानेश्वर क्याम्पसअघिको वाग्मती नदी किनारमा ६८७ औँ हप्ताको सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।