SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

अली खामेनीको मृत्युको १३२ दिनपछि गरियो अन्त्येष्टि, ढिलाइबारे किन उठे प्रश्न ?

इरान : अली खामेनी २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको हवाई आक्रमणको सुरुमै आफ्नै निवास तथा कार्यालय परिसरमै मारिएका थिए । उनको मृत्यु भएको १२५ दिनपछि, अर्थात् जुलाई ३ को बिहान, पहिलो पटक खामेनी र उनीसँगै मारिएका परिवारका सदस्यहरूको शवपेटिका तेहरानस्थित इमाम खुमैनी मुसल्लामा सर्वसाधारणका लागि राखियो । यी १२५ दिनसम्म पूर्व सर्वोच्च नेताको शव कहाँ र कसरी सुरक्षित राखिएको थियो भन्नेबारे इरानी अधिकारीहरूले विस्तृत जानकारी दिएका छैनन् ।