पुँजीगत खर्च साढे ४४ प्रतिशतमा सीमित
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले पुँजीगत खर्च ४४.५१ प्रतिशत मात्रै खर्च गरेको छ। चालु आवको बजेटमा पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन गरिएकोमा १ खर्ब ८१ अर्ब ५६ करोड ४१ लाख रुपैयाँमात्रै खर्च भएको महालेखापरीक्षक कार्यालयले जनाएको छ। सरकारले चालु आर्थिक वर्षको खाता बन्द हुने दिन २५ गते एकै दिन ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ।
