जमानतमा छुटेका व्यक्तिले एकै रात गरे ६ जनाको ह’त्या, दुई परिवार नै सखाप
भारत : भारतको तेलंगाना राज्यको रंगारेड्डी जिल्लामा हृदयविदारक घटना भएको छ । पोक्सो ऐनअन्तर्गतको मुद्दामा जमानतमा छुटेका एक आरोपीले एकै रात दुई परिवारका ६ जनाको हत्या गरेका छन् । प्रहरीले दिएको जानकारीअनुसार आरोपीले पहिले आफूमाथि मुद्दा दर्ता गराउने नाबालिग किशोरी र उनको परिवारलाई निशाना बनाए । त्यसपछि आफ्नै घर फर्किएर श्रीमती र दुई साना छोराको समेत हत्या गरे । घटना गरिसकेपछि आरोपी फरार रहेका छन् ।यस्तो छ घटनाको पृष्ठभूमि३५ वर्षीय आरोपी राजु कुमार पोक्सो मुद्दामा जमानतमा छुटेका थिए ।
