SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

कक्षाकोठादेखि विश्वमञ्चसम्म

विश्व एउटा रंगमञ्च हो, हामी सबै त्यसका पात्र हौं। -विलियम शेक्सपियरयो भनाइ त्यत्तिकै चर्चित भएको होइन रहेछ भन्ने महसुस गर्न पनि बाइस वर्ष यही क्षेत्रमा बिताउनु पर्‍यो । उतिबेलादेखि नै चर्चित यो भनाइको सार्थकतालाई यसरी खोजौं न। हो, धेरै मानिसलाई नाटक अनि अभिनयमा रुचि छ अहिले। रंगमञ्च दिनप्रतिदिन मानिसको सामान्य दैनिकीसँग जोडिँदै छ। जानेर वा नजानेर हरेक मानिसको अभिनय बिहान उठेदेखि राति नसुतुन्जेलसम्म जारी रहन्छ।बरु नाटक वा चलचित्रमा हामी ‘फेक’ देखिन थाल्यौं।