इसिम खोलाको बाढीले बगाउँदा दुई श्रमिक बेपत्ता
धादिङ : धादिङको रुबी भ्याली गाउँपालिकामा बाढीले बगाउँदा दुई जना श्रमिक बेपत्ता भएका छन् । इसिम खोलामा आएको आकस्मिक बाढीले उनीहरूलाई बगाएको हो । गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ को बीचमा पर्ने इसिम खोलामा आएको बाढीले निर्माणाधीन सुपर आँखुखोला जलविद्युत् आयोजना नजिकै काम गरिरहेका दुई श्रमिकलाई बगाएको स्थानीयले बताएका छन् ।बेपत्ता हुनेमा डडेलधुरा अजयमेरु गाउँपालिका–३ का ४१ वर्षीय रमेशबहादुर पाण्डे र रौतहट समानपुर गाउँपालिका–५ का ३२ वर्षीय नबी हुसेन मन्सुरी रहेका छन् ।
