SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

काठमाडौं बुद्धनगरमा फेरि एक व्यक्तिले गरे आत्मदाहको प्रयास

काठमाडौं  : काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौं–१० बुद्धनगरमा डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले शनिबार बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।उनले शनिबार विहान ६ बजेतिर भान्सा कोठामा आफ्नो शरीरमा आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । राउतको वीर अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।