SHARE
मकालु खबर · शनिबार २७ असार २०८३ ०३:५५ AM · 1 मिनेट पढाइ

दक्षिण स्पेनको भीषण डढेलोमा ११ जनाको मृत्यु, १९ बेपत्ता

एजेन्सी । स्पेनको दक्षिणी अन्डालुसिया क्षेत्रमा बिहीवार दिउँसो शुरु भएको भीषण डढेलोमा परी ११ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् । क्षेत्रीय अधिकारीहरूले शुक्रवार यस घटनाको पुष्टि गरेका हुन् । अन्डालुसियाका क्षेत्रीय सरकारका राष्ट्रपति जुआन्मा मोरेनोका अनुसार मृतकको सङ्ख्या १२ पुग्न सक्ने सम्भावना छ ।