SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

सम्पत्ति छानबिन आयोग गठन र क्षेत्राधिकारमा सर्वोच्चको प्रश्न

काठमाडौं : सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगलाई पूर्वन्यायाधीश र महाभियोगबाट मात्रै पदमुक्त हुने संवैधानिक पदाधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता डा. प्रेमराज सिलवाललगायतले आयोग गठनविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले यो मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णयसमेत गरेको छ।