SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

तीर्थ सम्राट् देवघाट

सेती गुप्त सरस्वती प्रकट मै मिल्छिन् त्रिशूली गई।सेती गुप्त कतै कतै प्रकट छन् हो नाम शुक्ला पनि।।कालीको र त्रिशूलको जल यहीं देखिन्छ तिन्टा नदी।जाँदैछन् किन हो प्रयागतिर नै देखिन्न तिन्टा नदी।।                                    १छन् गंगा यमुना नदी सरसती छैनन् नदेखे पनि।त्यागी दृश्य कुरा अदृश्यतिर नै जान्छन् त्रिवेणी भनी।।माता पूज्य पिता प्रत्यक्ष भगवान् पुज्दैन मान्छे भनी।