गणेशको गाउँ शोकमा
मुगु : काठमाडौंको त्रिपुरेश्वरमा जरिबाना तिर्ने विषयमा भएको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१, जवालधारा निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको छ। उनको निधनको खबरसँगै जन्मगाउँ जवालधारा शोकमा डुबेको छ।गणेशको निधनको खबर गाउँ पुग्नासाथ जवालधारामा शोकको वातावरण छाएको स्थानीय ललिजंग शाहीले बताए। उनका अनुसार गाउँका अधिकांश बासिन्दा स्तब्ध छन्। एक मेहनती तथा संघर्षशील युवाको असामयिक निधनले सबैलाई मर्माहत बनाएको छ।
