पाकिस्तानी प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच फोनवार्ता
इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग शुक्रबार फोनवार्ता गर्दै क्षेत्रीय शान्तिका लागि कूटनीति र संवाद अनिवार्य रहेको उल्लेख गरे।प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत उक्त संवादबारे जानकारी दिए । शनिबार मध्यरातमा एक पोस्ट गर्दै पाकिस्तानी प्रधानमन्त्रीले लेखेका छन्, 'आज मैले मेरा भाइ एवं इरानका राष्ट्रपति डा. मसूद पेजेस्कियानसँग कुराकानी गरेँ।
