SHARE
अन्नपूर्ण · शनिबार २७ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

बेल्जियमलाई पराजित गर्दै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा

काठमाडौं : फिफा विश्वकप २०२६ को दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ। लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनले बेल्जियमलाई २-१ले पराजित गरेको हो।खेलको ३०औं मिनेटमा स्पेनले बेल्जियम विरुद्ध अग्रता बनाएको थियो। ३० औं मिनेटमा डानी अल्मोको पहिलो प्रहार गोलकिपरले पन्च गरे तर रिबाउन्ड भएको बलमा फाबियन रुइजले गोल गरेका हुन्। खेलको ४१औं मिनेटमा बेल्जियमले स्पेनविरुद्ध बराबरी गोल फर्कायो।