गृहमन्त्री गुरुङले घटनालाई विषयान्तर गर्दै भने, ‘स्थानीय सरकार कसको छ ?’
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा गुडिरहेको मोटरसाइकलमा ह्विल लक लगाइएपछि आत्मदाह गरेका मुगुका २५ वर्षीय पठाओ चालक गणेश नेपालीको मृत्यु भएपछि संसद् तातेको छ। संसद्का दुवै सदनमा प्रतिपक्ष मात्र नभई सत्तारूढ दलका सांसदहरूले समेत सरकारको कडा आलोचना गरेका छन्। प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै उनको कार्यशैली र मौनतामाथि गम्भीर प्रश्न उठाएका छन्।मुगुका सांसद खड्गबहादुर शाहीले वीर अस्पतालमा गणेशको मृत्यु भइसकेपछि पनि सरकारले नाटक र स्टन्टबाजी गरेको आरोप लगाए।
